global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से घट्ने क्रम रोकिएन

नेप्से घट्ने क्रम रोकिएन

नेप्से घट्ने क्रम रोकिएन

केही दिनयता सेयर बजारकाे ओरालो यात्रा जारी छ । गत हप्ताकाे आइतबार ६.६८ अंकले बढ्दै १९७७.३० नेप्से अंकमा उक्लिएको थियाे । त्यसयता भने हरेक दिन सेयर बजार सूचक घट्ने क्रम राेकिएकाे छैन ।

साताको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १३.५८ अंकले घटेर नेप्से १९१२.६९ को विन्दुमा कायम हुन पुगेको छ । आइतबार नेप्से ११.४६ अंकले घटेको थियाे ।

सेयर बजार निरन्तर घट्ने क्रममा यसअघि बिहीबार २.१३, बुधबार १.७०, मंगलबार २१.२२ र साेमबार ४.२९ अंकले नेप्सेमा गिरावट आएकाे थियाे ।

आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड बाहेकका सबै सूचक राताम्य छन् ।

आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्तको ५‍‍.८७, अप्पर हेवाखोला हाइड्रोपावरको ४.१५, दोर्दीखोला जलविद्युतको ४.१४ र माउन्टेन इनर्जीको ३.७५ प्रतिशतले सेयर बजार मूल्य घटेको छ ।

बोटलर्स नेपालको सेयर र सनराइज डिभेञ्चरका इकाईधनीले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीका लगानीकर्ताले हिजोको तुलनामा दुई प्रतिशत बढी कमाएका हुन् । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आर्दश लघुवित्त र एनएमबी हाइब्रिड फण्ड, मिर्मिरे लघुवित्त, विशाल बजार, एक्सल डेभलपमेन्ट र सोल्टी होटलका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु