गृहपृष्ठ चिनियाँ राष्ट्रपति सीले कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने
चिनियाँ राष्ट्रपति सीले कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने
चीनका राष्ट्रपति सी चिनफिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोना भाइरस महामारीपछि उनको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले सोमबार जानकारी दिएको छ ।
सीले उज्बेकिस्तानको समरकन्दमा हुने सांघाई सहयोग संगठन (एससीओ)को नेताहरुको शिखर सम्मेलनमा भाग लिन लागेको जनाइएको छ । बुधबारदेखि शुक्रबारसम्म कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान मिलेर बनेको छ । यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक सहर समरकन्दमा हुने भएको छ ।
यसअघि चीनका राष्ट्रपति सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए ।
प्रकाशित समय : १५:३९ बजे



















