global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रेजरी बिलमार्फत् बजारमा १० अर्ब पठाउँदै राष्ट्र बैंक

ट्रेजरी बिलमार्फत् बजारमा १० अर्ब पठाउँदै राष्ट्र बैंक

ट्रेजरी बिलमार्फत् बजारमा १० अर्ब पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । २८ दिन अवधिको ५ अब रूपैयाँको ट्रेजरी बिल असोज २५ मा परिपक्व हुने छ । यस्तै, ५ अर्ब रूपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

प्रकाशित समय : १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु