global ime bank Long Banner Ad

गृहपृष्ठ नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसनले असोज ६ गतेदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको हो ।

एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी सिएटद्धारा प्रायोजित उक्त एक्स्पो मेला आयोजना गर्न लागेको हो ।

उक्त एक्स्पो काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी मार्गमा हुनेछ । एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ भने युसेड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु