global ime bank Long Banner Ad

गृहपृष्ठ यी हुन् एमालेबाट सर्वसम्मत सिफारिस भएका ५२ उम्मेदवार (सूचीसहित)

यी हुन् एमालेबाट सर्वसम्मत सिफारिस भएका ५२ उम्मेदवार (सूचीसहित)

यी हुन् एमालेबाट सर्वसम्मत सिफारिस भएका ५२ उम्मेदवार (सूचीसहित)

नेकपा (एमाले)ले मंसिर ४ गते हुने निर्वाचनका लागि हालसम्म ५२ क्षेत्रमा सर्वसम्मत उम्मदेवार सिफारिस गरेको छ ।

एमालेले प्रतिनिधिसभाका १६५ सिटमध्ये ५२ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो । सर्वसम्मत सिफारिस हुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेका छन् ।

यस्तै, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छबिलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिस भएका छन् ।

हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेताहरू

प्रदेश नम्बर–१

केपी शर्मा ओली– झापा ५
रविन कोइराला– झापा १
एलपी साँवा लिम्बू– झापा ४
बसन्तकुमार नेम्वाङ– पाँचथर
महेश बस्नेत– इलाम १
सुवासचन्द्र नेम्वाङ– इलाम २
ऋषिकेश पोखरेल– मोरङ २
भानुभक्त ढकाल– मोरङ ३
विनोद ढकाल– मोरङ ४
योगी मण्डल– मोरङ ५
जयकुमार राई– सुनसरी १
भगवती चौधरी– सुनसरी ३
मानवीर राई– सोलुखुम्बु

मधेस प्रदेश

जुलीकुमारी महतो– धनुषा ३
रघुवीर महासेठ– धनुषा ४
अजय गुप्ता– रौतहट १
प्रभु साह– रौतहट ३
बलवीर चौधरी– बारा २
देवनारायण चौधरी– बारा ४
लिलानाथ श्रेष्ठ– सिरहा
राजकुमार गुप्ता– पर्सा ३

बागमती प्रदेश

गोकुल बास्कोटा– काभ्रे २
नवराज सिलवाल– ललितपुर १
प्रेम महर्जन– ललितपुर २
मणिराम फुयाल– काठमाडौँ २
कृष्ण राई– काठमाडौँ ३
डा.राजन भट्टराई– काठमाडौँ ४
ईश्वर पोखरेल– काठमाडौँ ५
राजेश शाक्य– काठमाडौँ ८
रामप्रसाद न्यौपाने– चितवन ३
महेश बस्नेत– भक्तपुर २

गण्डकी प्रदेश

एकबहादुर राना– तनहुँ १
तिलक महत– नवलपुर २
हरिकृष्ण श्रेष्ठ– म्याग्दी

लुम्बिनी प्रदेश

छबिलाल विश्वकर्मा– रूपन्देही १
विष्णु पौडेल– रूपन्देही २
खिमलाल भट्टराई– रूपन्देही ५
ठाकुर गैरे– पाल्पा २
प्रदीप ज्ञवाली– गुल्मी १
शंकर पोखरेल– दाङ २
टोपबहादुर रायमाझी– अर्घाखाँची
सूर्य थापा– प्युठान

कर्णाली प्रदेश

नागिन्द्र शाही– कालीकोट
दल रावल– हुम्ला

सुदूरपश्चिम प्रदेश

लेखराज भट्ट– कैलाली ४
नारदमुनि राना– कैलाली ५
डा.भीम रावल– अछाम २
यज्ञ बोगटी– अछाम २
दामोदर भण्डारी– बैतडी
गणेश ठगुन्ना– दार्चुला
पठानसिंह बोहोरा– डडेलधुरा

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु