गृहपृष्ठ जावा मोटरसाइकलले गर्यो दसैँ र तिहारको अफरहरु सार्वजनिक
जावा मोटरसाइकलले गर्यो दसैँ र तिहारको अफरहरु सार्वजनिक
जावा मोटरसाइकलले दसैँ र तिहारको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । जावा नेपालले ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सकिने अफर ल्याएको हो ।
कम्पनीका अनुसार हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क हेल्मेट पनि प्राप्त गर्न सकिनेछ। कम्पनीले सजिलै साटफेर गर्न सकिने र सर्वाधिक मूल्यांकन गर्ने अर्को सुविधा पनि यस अफरमा समावेश गरेको छ।
कम्पनीले ९ प्रतिशतको न्यूनतम ब्याजदरसँग, आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ । हाम्रो फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा यो सुविधा ल्याइएको छ ।
जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ ।
यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ। त्यसैगरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षासमेत प्रदान गर्दछ।
जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो।
प्रकाशित समय : १३:०५ बजे



















