काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काडिजलाई हराएर बार्सिलोना शीर्षमा

10.52K
shares

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजलाई ४–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंकमा दोस्रो स्थानमा छ ।

डच खेलाडी फ्रेन्क डे जोङले बार्सिलोनाका लागि पहिलो गोल गरेयता रोबर्ट लेवनडोस्कीले दोस्रो थपे । सब्टिच्युट अन्सु फाटीले तेस्रो तथा ओसमन डेम्बेलेले चौथो गोल गरे ।

शनिबारकै अन्य खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ४–१, सेभियाले इस्पनयोललाई ३–२ र भ्यालेन्सियाले रायो भाल्कानोलाई २–१ ले पराजित गरेको छ ।