काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालकाे खराब सुरूवात, पहिलाे खेलमै भुटानसँग स्तब्ध

10.54K
shares

एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बहराइनकाे शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालल भुटानसँग २-० गोलले स्तब्ध बनेकाे हाे ।

भुटानलाई जित दिलाउन खेलको ३३औं मिनेटमा सोनाम छोझाङ र ४७औं मिनेटमा कर्मा टासी जाम्त्सोले एक/एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जाेड दिएको भुटानले दुवै हाफमा एक/एक गोल गर्‍याे ।

खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

छनोटको समूह ‘बी’मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् । अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ । त्यसैगरी नेपालले बिहीबार बहराइन र अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा सहभागिता जनाउने छ ।