गृहपृष्ठ नेपालकाे खराब सुरूवात, पहिलाे खेलमै भुटानसँग स्तब्ध
नेपालकाे खराब सुरूवात, पहिलाे खेलमै भुटानसँग स्तब्ध
एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बहराइनकाे शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालल भुटानसँग २-० गोलले स्तब्ध बनेकाे हाे ।
भुटानलाई जित दिलाउन खेलको ३३औं मिनेटमा सोनाम छोझाङ र ४७औं मिनेटमा कर्मा टासी जाम्त्सोले एक/एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जाेड दिएको भुटानले दुवै हाफमा एक/एक गोल गर्याे ।
खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।
छनोटको समूह ‘बी’मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् । अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ । त्यसैगरी नेपालले बिहीबार बहराइन र अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा सहभागिता जनाउने छ ।
प्रकाशित समय : २३:०४ बजे

















