उपेन्द्र नपुगेपछि स्थगित गठबन्धनको बैठक आज फेरि बस्दै
वि.सं.२०७९ भदौ २६ आइतवार ०७:१७
shares

सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागि नभएपछि रोकिएको बैठक आज फेरि बस्ने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट बनेका उपेन्द्र यादव सहभागि भएनन् । फलतः बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको बैठकमा सहभागि एक नेताले बताए ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।
काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो ।
बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि आउन सकेनन् ।

























