गृहपृष्ठ उपेन्द्र नपुगेपछि स्थगित गठबन्धनको बैठक आज फेरि बस्दै
उपेन्द्र नपुगेपछि स्थगित गठबन्धनको बैठक आज फेरि बस्दै
सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागि नभएपछि रोकिएको बैठक आज फेरि बस्ने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट बनेका उपेन्द्र यादव सहभागि भएनन् । फलतः बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको बैठकमा सहभागि एक नेताले बताए ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।
काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो ।
बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि आउन सकेनन् ।
प्रकाशित समय : ०७:१७ बजे

















