काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महाअभियोग सिफारिस समिति बैठक बस्दै

11.93K
shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक शनिबार बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्ने भएको हो ।

असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यसअघि प्रतिनिधिसभाबाट चोलेन्द्रविरुद्धको महाभियोग नटुंग्याए के हुन्छ ? भन्ने बहस अहिले चर्चामा छ ।

यदि प्रतिनिधिसभाबाट महाअभियोग नटुंगिए निलम्बित प्रधानन्यायाधीश राणा असोज २ गते सर्वोच्च अदालत आउनसक्ने चर्चा चलेको छ ।

यहीबीचमा महाअभियोग सिफारिस समितिको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् ।