गृहपृष्ठ पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

बाढीपछि कृषि उत्पादनमा गम्भीर असर परेको छ । बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ । बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानमा वर्षापछिको बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ । बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडा लगायतका देशले सहयोग प्रदान गरेका छन् ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु