गृहपृष्ठ नेप्सेमा सामान्य गिरावट, यी हुन् सर्वाधिक गुमाउने १० कम्पनी
नेप्सेमा सामान्य गिरावट, यी हुन् सर्वाधिक गुमाउने १० कम्पनी
सेयर बजारमा आज सामान्य गिरावट देखिएको छ । आज नेप्से २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा रोकिएको छ ।
२२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४३ लाख रुपैयाँको काराेबार भएकाे छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ४.०६ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन १३, जीवन बिमा २४.८२, माइक्रोफाइनान्स १.५५, अन्य समूहको १८.५५ र ट्रेडिङ समूहको उपसूचक १७.५९ अंकले घटेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स, छ्याङदी हाइड्रो, विन्ध्यावासिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला, एनएमबी हाइब्रिड फण्ड एल-१, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड १० लाख ४५ हजार ३६५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर र नबिल बैंक रहेको छ ।
प्रकाशित समय : १५:४० बजे



















