global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमइ जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमइ जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमइ जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडबाट बीवाइडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा सहज तरिकाबाट नगदरहित दावी भुक्तानी गर्नेगरि दुबै कम्पनिबीच सम्झौता हो ।

साइमेक्सबाट बिक्री हुने बीवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमइ जनरल इन्स्योरेन्समा हुने जनाइएको छ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना भए, सवारी साधन क्षतिग्रस्त भएर मर्मत गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा मर्मतका लागि लगिएमा लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज बनाउने उदेश्यले यो सम्झौता गरिएको हो ।

इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नर ९८५१३३२११३ मा दुर्घटनाको जानकारी गराउन सकिनेछ भने सवारी साधन बीवाइडीको सर्भिस सेण्टरमा पु¥याएपछि दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ ।

मर्मतपछि बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाइडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी बीवाइडीबाट हुने जानकारी दिइएको छ ।

यसरी सहज र सरल रुपमा सवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्ने हुनाले हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुई कम्पनी बीच सम्झौता भएको हो ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु