skip this prabhu bank contant

गृहपृष्ठ ओलीको निर्वाचन क्षेत्र झापा-५ मा माओवादीले सिफारिस गर्‍यो ४ उम्मेदवार

ओलीको निर्वाचन क्षेत्र झापा-५ मा माओवादीले सिफारिस गर्‍यो ४ उम्मेदवार

ओलीको निर्वाचन क्षेत्र झापा-५ मा माओवादीले सिफारिस गर्‍यो ४ उम्मेदवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा माओवादी केन्द्रले ४ उम्मेदवार सिफारिस गरेको छ ।

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार/चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।

यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभामा क्षेत्र नम्बर ५ (क)बाट प्रत्यक्षतर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिकतर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्षतर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।

प्रकाशित समय : ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु