गृहपृष्ठ नेपाल भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित
नेपाल भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित
नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् । बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निवर्तमान कार्यसमितिमा महासचिव रहेका चन्द ७६ मत ल्याएर अध्यक्षमा विजयी भए ।
चन्दले अर्का प्रत्यासी निरोज मास्केलाई २६ मतले पछि पारे । निवर्तमान कार्यसमितिकी उपाध्यक्ष मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कूल १२८ मत खसेको थियो ।
महासचिवमा चन्द प्यानलका रोशनकुमार श्रेष्ठ ८५ मतसहित विजयी भए । महासचिव पदका अर्का प्रत्यासी मनवीर छन्त्यालले ३९ मत पाए ।
२८ पदका लागि ४८ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा ७ मध्ये ५ उपाध्यक्ष र ५ सचिव निर्विरोध निर्वाचित भएका थिए ।
हरेक प्रदेशबाट एक–एक उपाध्यक्ष हुने व्यवस्थाअनुसार उपाध्यक्षमा मदन खड्का (प्रदेश १) उपेन्द्र कुमार यादव (मधेश प्रदेश), याम बहादुर गुरुङ (गण्डकी), भिम ओली (लुम्बिनी) र हर्क सिंह धामी (सुदूरपश्चिम) निर्विरोध निर्वाचित भए ।
बागमती प्रदेशमा दुई जनाको उम्मेदवारी परेकोमा गौतम लाछिवा ६४ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार ज्योती केसीले ५९ मत ल्याइन् । कर्णाली प्रदेशको उम्मेदवार नै नभएपछि खाली रहेको छ ।
प्रकाशित समय : १०:०५ बजे


















