गृहपृष्ठ बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन । उनले पद तथा गोपनीयताको शपथ लिएका छन ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराएका हुन । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए । आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनि यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएका थिए ।
प्रकाशित समय : १७:४९ बजे


















