गृहपृष्ठ दरवाङ–मुना–ढोरपाटन सडक, १४ महिनामा २५ प्रतिशत प्रगति

दरवाङ–मुना–ढोरपाटन सडक, १४ महिनामा २५ प्रतिशत प्रगति

दरवाङ–मुना–ढोरपाटन सडक, १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी । यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विस २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौति देखिएको छ ।

प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग सम्झौता भएको थियो । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ । पेश्की रु २७ करोड १० लाख सात हजार मात्र खर्च भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजना निर्माण पछिल्लो समय ठप्प बनेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताएका छन् ।

“गत कात्तिकदेखि फागुनसम्म तिब्रताका साथ निर्माण भएको योजना चैतदेखि सुस्ताउदै असारयता ठप्प बनेको छ,” उनले भने “ठेकेदार सम्पर्क बिहिन हुँदा स्तरोन्नतिका क्रममा रहेको सडकमा खसेको पहिरो पन्छाउने तथा जोखिमयुक्त ठाउँमा मर्मत गरी नियमित यातायात सञ्चालनमा पनि समस्या भएको छ ।”

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजना मार्फत दरवाङ–धारापानी ९सात किलोमिटर० र मच्छिम–मुना ९चार किलोमिटर० अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्ने लक्ष्य छ ।

धवलागिरि –७ धारापानीका माधव गिरीले निर्माण ब्यवसायीले अपेक्षित गतिमा काम नगरेका कारण कच्चि सडकमा असहज रूपमा यात्रा गर्नुपरेको गुनासो गरेका छन् । सवारी चालक गणेश थापाले फराकिलो बनाउनका लागि हिउँदमा भत्काएको र अधुरो अवस्थामा रहेको सडकमा हिलोमा गाडी फस्ने समस्याका साथै गाडी चलाउन दुःख भएको गुनासो गरेका छन् । निर्माणाधिन सडकमा जमेको हिलोमा सवारी साधनका पाङग्रा फसेर निकाल्न गाहे भएको उनको भनाइ छ । सडकको जीर्ण अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको धारापानीका गिरीले बताएका छन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाका अनुसार सङ्घीय र प्रदेश सरकारको ९समपुुरक० ५०।५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेकेदारले काम नगर्दा आर्थिक वर्ष २०८२।०८३ मा रु २३ करोड २२ लाख बिनियोजन भएकोमा जम्मा रु पाँच करोड ४२ लाख १४ हजार खर्च भएको छ ।

अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले गत आर्थिक वर्षमा अपेक्षित गतिमा काम नगर्दा बजेट खर्च हुन नसकेको उनले बताएका छन् । संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१।०८२ मा  २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८३।०८४ मा १२ करोड ७८ लाख बिनियोजन भएको छ।

आगामी आर्थिक वर्षसम्म योजना निर्माण पुरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई ब्यभार थपिने जोखिम बढेको छ । सम्झौताअनुसार यस आयोजनाको लागि थप रु २५ करोड ५४ लाख दायित्व सिर्जना भएको छ ।

यमध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको बैकल्पिक मानिएको यो सडकको मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुँदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको गत वर्षको फागुनमा खुलेको थियो । बेनीदेखि तालावाङसम्म १८ किमी कालोपत्र भएको छ । विस २०७१ मा मुनामा सडक पुगेको थियो ।

पूर्वाधार विकास कार्यालयबाट ठेक्का लगाउनु अघि कच्चि अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो । प्रदेश सरकारले ठेक्का लगाएको आयोजनामा गाउँपालिकाले खर्च गर्न नमिल्ने भएकाले अवरुद्ध हुँदा सडक खुलाउन र मर्मतको काममा नीतिगत रूपमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताएका छन् ।

म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किमी छोटो पर्छ । धवलागिरि गाउँपालिकाले शुक्रबार विज्ञान, प्रविधि तथा नवप्रर्वतमन्त्री महाविर पुनलाई पत्राचार गरेर ठेकेदारलाई काममा फर्काउने वातावरण बनाइदिन सहयोग मागेको छ । मन्त्री पुनले निर्माण ब्यवसायीलाई फोन गरेर ताकेता गरेको बताएका छन् ।

म्याग्दी १९ख०का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणलाई गत दिन प्रदेश सरकारको ध्यानाकर्षण, निर्माण ब्यवसायीलाई दवाव र सहजिकरण गरिएको बताएका छन् । उनले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका छन् । उक्त सडक अन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किमी दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०।०८१ देखि सञ्चालित योजना गत असारमा सम्पन्न भएको छ । धारापानी–झिनडाडा खण्डको सडकमा पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत अवधी बाँकी रहेकाले सम्बद्ध निर्माण ब्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रकाशित समय : ०६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु