लिटमस केबल्सको स्किम- वायरिङ दमदार, घर शानदार
वि.सं.२०७९ भदौ २१ मंगलवार १८:२४
shares

लिटमस केबल्सले चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ स्किम ल्याएको छ ।
यो योजनाअन्तर्गत पाँच जना भाग्यशाली विजेताले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमरजस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार लिटमस केबल खरिद गरी फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ । कात्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इञ्चको टीभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।
विजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिनभित्र पाउन सक्नेछन् र उक्त पुरस्कारको वितरण नजिकको डिलर वा रिटेलरबाट गरिनेछ । थप जानकारीको लागि लिटमस केबलको फेसबुक पेजमार्फत पनि सम्पर्क गर्न सकिनेछ ।
यो योजना २० भदौदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

























