गृहपृष्ठ प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच छुटसम्बन्धी सम्झौता
प्रभु बैंक र हाइग्राउण्ड एडभेन्चर्सबीच छुटसम्बन्धी सम्झौता
प्रभु बैंक लिमिटेड र पोखरास्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिद्वारा सञ्चालित जिपलाइनिङ, बन्जी जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ लगायतका सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । उक्त सम्झौताअन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको जनाइएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकको विश्वास छ ।
प्रकाशित समय : १३:५८ बजे


















