गृहपृष्ठ नेपाली सेनालाई २२ करोड रुपैयाँ बराबरको सैन्य सामग्री हस्तान्तरण

नेपाली सेनालाई २२ करोड रुपैयाँ बराबरको सैन्य सामग्री हस्तान्तरण

नेपाली सेनालाई २२ करोड रुपैयाँ बराबरको सैन्य सामग्री हस्तान्तरण

भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले साेमबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

भारतीय स्थल सेनाध्यक्षले करिब २२ करोड रुपैयाँको सैन्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेकाे नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् । प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टिभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टिनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

आज उपलब्ध गरिएका करिब २२ करोडको सैन्य सामग्रीमा ६० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ) मूल्य नेपाल सरकारले व्यहोरोको छ । दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामग्री नेपाललाई भारतले उपलब्ध गरेको हो ।

पाँच दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु