global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री देउवाकै जिल्लामा गठबन्धन नहुने !

प्रधानमन्त्री देउवाकै जिल्लामा गठबन्धन नहुने !

प्रधानमन्त्री देउवाकै जिल्लामा गठबन्धन नहुने !

नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नहुने भएको छ । कांग्रेस डडेल्धुराले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल वा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको बताएका छन् ।

कांग्रेसको यो निर्णयपछि गठबन्धनमा आवद्ध अन्य दलले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायरको गृह जिल्लामा डोटीमा समेत जिल्ला कार्य समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र समानुपातिक (महिला)तर्फ देउवा पत्नी आरजु राणाको नाम सर्वसम्मत रुपले प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।

प्रकाशित समय : ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु