global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत उम्मेदवार सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्वसम्मत रुपले उम्मेदवार सिफारिस भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट थापा सिफारिसमा परेका हुन् ।

शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेबाट सिफारिसमा परेका भट्टराई र थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु