गृहपृष्ठ भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका आकांक्षीहरूको नाम टुंग्याएर उम्मेदवार सिफारिस गर्न पार्टीका तल्ला कमिटीलाई निर्देशन दिएको हो ।
हालै बसेको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उम्मेदवार सिफारिस गर्नका लागि तल्ला कमिटीलाई भदौ २२ सम्मको समय दिइएको एक नेताले बताए ।
एमालेले पार्टीमा सक्रियतापूर्वक लागेको, काम गरेको र लोकप्रिय व्यक्तिलाई उम्मेदवार सिफारिस गर्दा प्राथमिकतामा राख्न पनि आग्रह गरेको छ ।
प्रकाशित समय : ०९:३६ बजे