nmb bank

गृहपृष्ठ सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि गौरा पर्व सुरु भएको छ । पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाँडामा पाँच प्रकारका अन्न (बिरुडा) भिजाएर पर्वको सुरुवात गरेका छन् ।

ब्रतालु महिलाले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर आफ्नो घरमा बिरुडा भिजाउने गर्छन् । गहुँ, केराउ, गहत, मास र गुराउसलाई तामा वा पित्तलका भाँडामा बिरुडा भिजाउने चलन छ ।

पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याइन्छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन छ ।

स्थानीयहरू आआफ्नो टोलको मुख्य एक स्थानमा जम्मा भएर पूजाआजा र देउडा खेल्दै गौराको समापन गर्छन् । समापनको दिन घरका सदस्यहरूलाई महिलाले बिरुडाले दिघायू र प्रगतीको कामना गर्दै पूज्ने गर्छन् ।

गौरा पर्व सुरु भएसंँगै भारतका विभिन ठाउँबाट नेपाली गौरा मनाउन स्वदेश फर्किने क्रम बढेसँंगै नाकामा चहलपहल बढेको छ ।

प्रकाशित समय : ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु