global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा

बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा

बैंकमा स्रोत अभाव, निक्षेप तानातानको प्रतिस्पर्धा

बैंकहरुमा स्रोत अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । जसले बैंकरबीच नै निक्षेप तानातान गर्ने होडबाजी चलेको छ ।

बैंकहरुले निक्षेप तान्नकै लागि व्यक्तिगत निक्षेपमा प्रकाशित दरभन्दा बढी दिन लागेका छन् । नेपाल बैंकर्स संघमा भएको भद्र सहमति अनुसार भदौको लागि वाणिज्य बैैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।

साउनसम्म संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर दिँदै आएपनि राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गर्यो । त्यसपछि भदौमा संस्थागत मुद्दति निक्षेपमा ९.०३ प्रतिशत ब्याजदर प्रकाशित भएको थियो ।

लगातार निक्षेप कम भएर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघ्ने भएपछि भने बैंकहरुले आफुखसी ब्याजदर बढाउन थालेका छन् ।

कतिपय बैंकले १० गुणा भन्दै प्रचार गरेको निक्षेप पनि प्रभावकारी ब्याजदर गणना विधिअनुसार प्रकाशित व्याजदर ११.०३ प्रतिशतले गणना गर्दा तोकिएको अवधिमा १० गुणा फिर्ता दिन सम्भव नहुने दाबी गरिरहेका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा गुर्नको कारण सीडी रेसियो कार्यान्वयन नै भएको कतिपयको तर्क छ ।

बैंकहरुले असारमा निक्षेप बढेर लगानी गर्न सकिन्छ भनेर ३-४ महिना अगाडि नै एलसी खोलेका थिए । तर, निक्षेप अपेक्षाकृत वृद्धि नभएपनि खोलिसकेको एलसीको भुक्तानी गर्नुपर्दा बैंकहरुको सीडी नाघेसँगै निक्षेप तान्ने अभ्यास बढेको छ ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु