global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष अफर

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष अफर

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष अफर

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत सानिमा मोबाइल बैंकिङबाट पहिलोपटक टपअप गर्ने ग्राहकहरूले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबै भन्दा बढी कारोबार गर्ने तीन जना ग्राहकहरूले मोबाइल फोन जित्नसक्ने बैंकले जानकारी दिएको छ ।

मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिने छ । यो योजना भदौ १३ देखि मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

हाल सानिमा बैंकले १२७ वटा कार्यालय तथा १२० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु