global ime bank Long Banner Ad

गृहपृष्ठ विलासी सामानको आयात प्रतिबन्धलाई निरन्तरता

विलासी सामानको आयात प्रतिबन्धलाई निरन्तरता

विलासी सामानको आयात प्रतिबन्धलाई निरन्तरता

सरकारले मदिरा, मोबाइल, गाडी र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । अब यस्ताे प्रतिबन्ध असाेज २८ सम्म लम्ब्याइएकाे छ ।

यसअघि गत चैतमा गरिएको निर्णयअनुसार गत असार मसान्तसम्म, असारमा गरिएको निर्णयानुसार भदौ १४ सम्म यी वस्तुसहित अन्य ६ वस्तुको आयातमा प्रतिबन्ध लगाइएको थियाे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनसहितका विलासिताका वस्तु आयातमा असोज २८ गतेसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने सिफारिस गरेपछि व्यापारीहरूले यसकाे फुकुवाकाे लागि अर्थमन्त्री र प्रधानमन्त्रीसमक्ष पहल  गरेका थिए । तर, मन्त्रिपरिषद्‌बाट यी वस्तुको आयात प्रतिबन्धलाई तत्कालका लागि निरन्तरता दिने निर्णय भएकाे हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवले उल्लेखित विलासी सामानकाे आयात प्रतिवन्धसम्बन्धी सूचना अब राजपत्रमा प्रकाशित हुने बताए ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु