global ime bank Long Banner Ad

गृहपृष्ठ केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

घरेलु टोली केन्याविरुद्धको पाँचौं तथा अन्तिम टी-२० अन्तर्राष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हाे ।

पाँच खेलको सिरिज अन्तर्गतको याे खेल निर्णायक हो । किनकि ४ खेल सकिँदा सिरिज २-२ को  अवस्थामा रहेको छ ।

टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

नेपालको प्लेइङ-११ :

अर्जुन साउद (विकेट किपर),पवन सरार्फ, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, विवेक यादव, आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र वसिर अहमद ।

प्रकाशित समय : १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु