गृहपृष्ठ आज पनि नेप्सेमा झिनो सुधार, यी हुन् सर्वाधिक कमाउने १० कम्पनी
आज पनि नेप्सेमा झिनो सुधार, यी हुन् सर्वाधिक कमाउने १० कम्पनी
साताको तेस्रो दिन आज सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ को बिन्दुमा कायम भएको छ ।
सोमबार पनि नेप्से झिनाे अंकले बढेकाे थियाे । नेप्से ३.७६ अंकले बढेकाे सेयर बजारमा १ अर्ब २६ करोड रुपैयाँको मात्र कारोबार भएको थियाे । त्यस दिन २२२ कम्पनीका ३४ लाख कित्ता सेयर २६ हजार २४ पटक खरिदबिक्री भएका थिए ।
साेमबारकाे तुलनमा आज कम रकम अर्थात १ अर्ब १ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र लगानी समूहको सूचकमा हरियाली छाएकाे छ । बाँकी समूहका सूचक राताम्य छन् । बजारमा आज ७४ कम्पनीको सेयर बढेको छ भने १०५ कम्पनीको घटेको छ । सातवटाको उही छ ।
आज अपरहेवा खोलाका लगानीकर्ताले ८.४५ प्रतिशत कमाएका छन् । नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ ।
सर्वाधिक कमाउने १० कम्पनी :

प्रकाशित समय : १५:३२ बजे



















