गृहपृष्ठ सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा भएको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/७९ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यसका साथै इकाइधनी दर्ता किताब बन्द हुनेसम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरासमेत जानकारी गराइएको छ ।
प्रकाशित समय : १५:०४ बजे



















