global ime bank Long Banner Ad

गृहपृष्ठ एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर हस्पिटलमा छुट

एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर हस्पिटलमा छुट

एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर हस्पिटलमा छुट

एनसीसी बैंक र सुर्खेतकाे जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका उप-निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताअुनसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले हस्पिटलमा २५ प्रतिशत, क्याबिन एण्ड होल बडी चेकअपमा २० प्रतिशत, अपरेशन चार्जमा १५ प्रतिशत, सिटी स्क्यान, एक्स रे, युएसजी, इको, इन्डोस्कोपी, एम्बुलेन्समा तथा डेन्टलमा १० प्रतिशत र प्याथोलोजी र फार्मेसीमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

एनसीसी बैंकले १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु