global ime bank Long Banner Ad

गृहपृष्ठ भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।

विश्वव्यापी रूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाढ्यको सूचीको ११औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ ।

ब्लुमवर्गको धनाढ्यको सूचीमा तीन जना एशियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बेेजोस छन् । एलन मस्कसँग दुई खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस एक खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कुल जायजेथा छ ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु