गृहपृष्ठ कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिए । ‘भोलिसम्म नतिजा सार्वजनिक गर्ने तयारी हो । केही कुरा बाँकी छन् । ती सबै भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै विषय टुंगाे लागिसकेकाे छैन,’ उनले भने ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु