nmb bank

गृहपृष्ठ ‘किरात सम्प्रदायको अस्तित्व संकटमा पर्दैछ, अब बुद्धिष्ट र हिन्दुको पालो’

‘किरात सम्प्रदायको अस्तित्व संकटमा पर्दैछ, अब बुद्धिष्ट र हिन्दुको पालो’

‘किरात सम्प्रदायको अस्तित्व संकटमा पर्दैछ, अब बुद्धिष्ट र हिन्दुको पालो’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संगठित रूपमा भइरहेकाे धर्म परिवर्तनकाे कारणले किरात धर्म र संस्कृतिकाे अस्तित्व संकटमा परेकाे बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत साेमबार यस्ताे बताएका हुन् ।

५० वर्षअगाडि नगण्य संख्यामा रहेका इसाईहरू अहिले देशकाे तेस्राे ठूलाे किरात सम्प्रदायभन्दा बढी भएकाे उनकाे भनाइ छ । अध्यक्ष थापाले यस्तै तरिकाले धर्म परिवर्तन हुँदै गए बुद्धिष्ट र हिन्दुहरू अल्पमतमा पर्ने पनि उल्लेख गरेका छन् ।

उनले ट्विटर र फेसबुकमा लेखेका छन्, ’संगठित रूपमा भइरहेको धर्मान्तरणको परिणामस्वरूप किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा पर्दैछ । ५० वर्षअघि नगण्य संख्यामा रहेका इसाईहरू अहिले नेपालको तेस्रो ठूलो किरात सम्प्रदायभन्दा बढी भैसके । यसपछि क्रमशः बुद्धिष्ट र हिन्दुहरूको अल्पमतमा पर्ने पालो आउँछ । हाम्रो चेत कहिले खुल्ने हो ?’

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु