nmb bank

गृहपृष्ठ महान्यायाधिवक्ता कँडेलको योग्यतामा प्रश्न: दायर रिटमा सुनुवाइ हुँदै

महान्यायाधिवक्ता कँडेलको योग्यतामा प्रश्न: दायर रिटमा सुनुवाइ हुँदै

महान्यायाधिवक्ता कँडेलको योग्यतामा प्रश्न: दायर रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको तीन वटा रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै बुधबार रिट दर्ता गरेका छन् ।

यसअघि अधिवक्ता माधवकुमार बस्नेतले पेस भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कँडेललाई यही चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।

निवेदकहरूले डा. नारायणदत्त कँडेलको योग्यता नेपालको संविधानको धारा १५७९३० र १२९९५० बमोजिम नपुगेको दाबी गरेका छन् । मिति २०८२ चैत २२ गते गरिएको महान्यायाधिवक्ताको नियुक्ति र सोही दिन गराइएको शपथलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु