गृहपृष्ठ महिला साफ च्याम्पियनसिप : पाकिस्तानी टोली काठमाडाैं आइपुग्यो
महिला साफ च्याम्पियनसिप : पाकिस्तानी टोली काठमाडाैं आइपुग्यो
पाकिस्तान महिला फुटबल टिम साफ च्याम्पियनसिप खेल्नका लागि सोमबार बिहान काठमाडाैं आइपुगेको छ । फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी टोलीले अन्तिम समयमा साफ महिला च्याम्पियनसिप खेल्ने निर्णय गरेको थियो ।
पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पाकिस्तानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य मनिष जोशी, सरिला श्रेष्ठलगायत पदाधिकारीले स्वागत गरेका थिए ।
महिला साफ च्याम्पियनसिप भदौ २१ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । समूह ‘ए’मा रहेको पाकिस्तानले पहिलो खेल भारतविरुद्ध खेल्ने तालिका छ । फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।
समूह ‘ए’मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपाल रहेको समूह ‘बी’मा भुटान र श्रीलंका छन् ।
प्रकाशित समय : १०:०५ बजे



















