गृहपृष्ठ डिशहोमद्वारा नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक बोनस योजना सार्वजनिक
डिशहोमद्वारा नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक बोनस योजना सार्वजनिक
काठमाडौँ — नेपालको अग्रणी डिजिटल सेवा प्रदायक डिशहोमले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि इन्टरनेट (ISP) र डीटीएच (DTH) सेवामा विशेष वार्षिक अफरहरू सार्वजनिक गरेको छ ।
कम्पनीले बढ्दो सञ्चालन खर्च र सामग्री लागतका बावजुद ग्राहकलाई थप राहत र सुविधा दिने उद्देश्यले बोनसमा आधारित यी योजनाहरू ल्याएको हो । यो योजना मुख्यत: वार्षिक नवीकरणलाई प्रोत्साहन गर्न, उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्न र निष्क्रिय रहेका ग्राहकहरूलाई पुनः सक्रिय बनाउन केन्द्रित रहेको छ ।
इन्टरनेट सेवातर्फ डिशहोमले पुराना, नयाँ र सेवा बन्द भएका (चर्न) ग्राहकहरूका लागि छुट्टाछुट्टै योजनाहरू प्रस्तुत गरेको छ । हालका ग्राहकहरूले ५० देखि ३०० Mbps सम्मका प्याकेज वार्षिक नवीकरण गर्दा ६० दिनसम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।
सेवा बन्द हुनुभन्दा १५ दिन अगावै रिचार्ज गर्ने ग्राहकले थप ३० दिनको ‘प्रि-डिस्कनेक्शन बोनस’ सहित कुल ९० दिनसम्मको बोनस सुविधा पाउने व्यवस्था गरिएको छ । त्यस्तै, ३० दिनभन्दा बढी समयदेखि सेवा अवरुद्ध रहेका ग्राहकले पुनः सेवा सुचारु गर्दा ९० दिनको विशेष बोनस पाउनुका साथै ड्रपवायर र स्थानान्तरण शुल्क (Relocation charge) समेत निःशुल्क गरिएको छ ।
डीटीएच सेवातर्फ पनि कम्पनीले वार्षिक रिचार्जमा आकर्षक बोनसको व्यवस्था गरेको छ । नियमित तथा निष्क्रिय ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा २ महिनाको बोनस पाउनेछन् भने सेवा समाप्त हुनुभन्दा १५ दिनअघि रिचार्ज गर्ने ग्राहकले थप १ महिना गरी कुल ३ महिनाको बोनस प्राप्त गर्नेछन् ।
यो अफर विशेषगरी ‘एनुअल मल्टी-टिभी प्याकेज’ हरूमा लागू हुने कम्पनीले जनाएको छ । डिशहोमले पहिलेका ‘स्पिन अफर’ र पुराना स्किमहरू हटाएर यी नयाँ र परिष्कृत योजनाहरू कार्यान्वयनमा ल्याएको हो ।
यो विशेष योजना फरक-फरक अवधिका लागि लागू हुनेछ । इन्टरनेट रिचार्ज अफर चैत्र २०, २०८२ देखि वैशाख १५, २०८३ सम्म रहनेछ भने नयाँ जडानका लागि वैशाख महिनाभरि समय तोकिएको छ । डीटीएच अफर भने वैशाख १ देखि असार ३२, २०८३ सम्म कायम रहनेछ ।
उद्योग विश्लेषकहरूका अनुसार यस्ता बोनस योजनाले प्रति ग्राहक औसत आम्दानी (ARPU) बढाउन र ग्राहकलाई दीर्घकालीन रूपमा कम्पनीसँग आबद्ध गराइराख्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
प्रकाशित समय : १०:०० बजे



















