nmb bank

गृहपृष्ठ लाजियो कोपा इटालियाको फाइनलमा प्रवेश

लाजियो कोपा इटालियाको फाइनलमा प्रवेश

लाजियो कोपा इटालियाको फाइनलमा प्रवेश

काठमाडौं । एटलान्टालाई पेनाल्टी प्रहारमा २–१ ले पराजित गर्दै इटालियन क्लब लाजियो कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार इटालीको बर्गामोस्थित न्यु ब्यालेन्स एरिनामा यी दुईबीच भएको खेल निर्धारित समयमा एक–एकको बराबरीमा समाप्त भएको थियो । यसपछि, खेलको निर्णय पेनाल्टी प्रहारबाट गरिएको हो ।

खेलमा लाजियोले ८४औँ मिनेटमा टोलीका एलेसियो रमोग्नोलीको गोलमा अग्रता लिएको थियो । तर, सम्हालिन नसक्दा अग्रता लिएको दुई मिनेटभित्रै टोलीले अग्रता गुमाएको थियो । ८६औँ मिनेटमा एट्लान्टाको निम्ति मारियो पासालिकले बराबरी गोल फर्काएका थिए । यो नतिजापछि, समग्रमा तीन–तीनको बराबरीमा खेल रोकिएको हो ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु