गृहपृष्ठ चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
काठमाडौं । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमबी ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ।
“1+4+4+5” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, जहाँ अटो उद्योगका करिब ७०० जना सहभागीहरूको उपस्थिति रहेको थियो।
यस रणनीतिको पछाडि आन्तरिक रूपमा विकास गरिएको सशक्त प्रविधिमा आधारित विश्वस्तरीय अटोमोबाइल कम्पनी निर्माण गर्ने एक स्पष्ट लक्ष्य रहेको छ। यस लक्ष्य हासिल गर्न चांगानले चार प्रमुख व्यवसायिक क्षेत्रहरू, सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगहरूमा ध्यान केन्द्रित गर्नेछ। साथै, कम्पनी स्मार्ट, ग्रीन, ग्लोबल र थप कनेक्टेड बन्ने दिशामा चार प्रमुख रूपान्तरणतर्फ अघि बढ्नेछ। कम्पनीले २०३० सम्म पाँच प्रमुख सूचकहरू दोब्बर बनाउने लक्ष्य पनि राखेको छ, जसमा विद्युतीय सवारीको बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्रान्ड भ्यालु समावेश छन्।
चांगानका अध्यक्ष झु हुआरोङले कम्पनी परिवर्तन र अवसरले भरिएको नयाँ युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै उद्योगका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उक्त रणनीतिले कम्पनीले हासिल गर्ने छ वटा प्रमुख छलाङहरू पनि निर्धारण गरेको छ जसमा स्मार्ट सवारीको विकास, स्वच्छ पावरट्रेन, बिक्रीको दायरामा विस्तार, सुदृढ व्यवसायिक इकोसिस्टम, प्रभावकारी ग्लोबल व्यवस्थापन र समग्र कम्पनीको भ्यालुको अभिवृद्धि रहेका छन्।
ग्लोबल स्टेजमा चांगानले तीन प्रमुख योजनामार्फत आफ्नो विस्तारलाई तीव्रता दिइरहेको छ। ग्रीन प्लान अन्तर्गत विद्युतीय सवारी प्रविधि सुदृढ बनाउने र सवारीको सम्पूर्ण जीवनचक्रमा कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ। इन्टेलिजेन्ट प्लान सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्न केन्द्रित छ भने भास्ट ओसियन प्लान अन्तर्राष्ट्रिय बजारमा कम्पनीको सशक्त उपस्थिति विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो, जसले केवल निर्यात मात्र गर्नुभन्दा पनि विश्वभर ब्रान्ड र सञ्चालन स्थापित गर्ने लक्ष्य राखेको छ। सन् २०२६ मार्चसम्म कम्पनीले पहिलोपटक एक महिनामा १ लाखभन्दा बढी सवारीसाधनहरू विदेशमा बिक्री गरिसकेको छ।
कम्पनीले सशक्त आधार सहित यो नयाँ चरणमा प्रवेश गरेको छ। सन् २०२५ मा चाङ्गानले २.९१३ मिलियन सवारीसाधन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वृद्धि हो। यसमध्ये ११ लाखभन्दा बढी विद्युतीय सवारी रहेका छन्। हाल कम्पनी ११८ देशमा १,१०० भन्दा बढी आउटलेटमार्फत सक्रिय छ, देशबाहिर २२ वटा कारखाना सञ्चालनमा छन् र विश्वभर २४,००० सदस्य भएको रिसर्च टोलीले करिब २१,००० पेटेन्टहरू दर्ता गरिसकेको छ।
प्रकाशित समय : १०:२१ बजे



















