गृहपृष्ठ भोटाहिटीको अण्डरपासमा पनि हटाइयो अवैध संरचना

भोटाहिटीको अण्डरपासमा पनि हटाइयो अवैध संरचना

भोटाहिटीको अण्डरपासमा पनि हटाइयो अवैध संरचना

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका र नक्साअनुसार नबनाइएका अवैध संरचनाहरू हटाउने क्रमलाई आज पनि निरन्तरता दिएकाे छ । महानगरले आज रत्नपार्कअगाडिको अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काएको छ ।

आइतबार महानगर प्रहरीले भोटाहिटी र रत्नपार्क जोड्ने अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काइएकाे महानगर प्रहरी प्रमुख राजु पाण्डे बताए । उनका अनुसार ‘सब-वे’भित्रका सातवटा बाहेक सबै सटर अवैध भएको पाइएकाले ती पनि हटाउन थालिएको छ ।

त्यसैगरी महानगरले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको नियम लागू गरेकाे छ । सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन शुक्रबारदेखि एक लाइन पार्किङको व्यवस्था लागू गरेकाे महानगरले जनाएकाे छ ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु