global ime bank Long Banner Ad

गृहपृष्ठ सागकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठ सम्मानित

सागकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठ सम्मानित

सागकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठ सम्मानित

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् ।

प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।

सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित गराइ दिन आयोजकसँग अनुरोध गरेकी थिइन् । सन्तोषीले १३औं सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।

सोही अवसरमा सिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेल रत्न सम्मान’ तथा द्रुक अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्व धावक एवं रचनाकार बुद्धवीर लामा लगायतले एक कार्यक्रमबीच सम्मान गरेका थिए ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु