गृहपृष्ठ अन्तर्राष्ट्रिय टी-२० : केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी
अन्तर्राष्ट्रिय टी-२० : केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी
फाइल तस्बिर ।
केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे । यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।
उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे। नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका थिए । जितसँगै ५ खेलको श्रृंखलामा नेपालले १-० को अग्रता बनाएको छ ।
नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो । यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो । पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ ।
टी-ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ देखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।
प्रकाशित समय : १९:५५ बजे



















