गृहपृष्ठ आइएमई पेको ‘क्युआर डे विथ आइएमई पे’ अफर पुनः सुरू
आइएमई पेको ‘क्युआर डे विथ आइएमई पे’ अफर पुनः सुरू
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले गत असारमा सञ्चालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ ।
यो अफर यही भदौ १० गते शुक्रबारदेखि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुरानो संस्करणजस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम एक सय रुपैयाँसम्म) प्राप्त गर्नेछन् ।
एक दिनका लागि मात्र लागू हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाई विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।
अघिल्लो समयजस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासब्याक पाउनेछन् भने पियर्स-टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासब्याक नपाउने आईएमई पेले जनाएको छ ।
प्रकाशित समय : १९:५७ बजे

















