आइएमई पेको ‘क्युआर डे विथ आइएमई पे’ अफर पुनः सुरू
वि.सं.२०७९ भदौ ८ बुधवार १९:५७
shares

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले गत असारमा सञ्चालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ ।
यो अफर यही भदौ १० गते शुक्रबारदेखि सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुरानो संस्करणजस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम एक सय रुपैयाँसम्म) प्राप्त गर्नेछन् ।
एक दिनका लागि मात्र लागू हुने यो अफरमार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाई विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।
अघिल्लो समयजस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासब्याक पाउनेछन् भने पियर्स-टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासब्याक नपाउने आईएमई पेले जनाएको छ ।

























