गृहपृष्ठ टीभीएसको ‘एनओजी’ राइड बुटवलदेखि पाल्पासम्म
टीभीएसको ‘एनओजी’ राइड बुटवलदेखि पाल्पासम्म
टीभीएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
आइतबार आयोजना भएको यस राइड बुटवलबाट सुरु भएर पाल्पाको रैनादेवीस्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेल पनि खेलाइएको थियो । यसका साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको कम्पनीले जनाएकाे छ ।
करिब ६० जना राइडर सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।



प्रकाशित समय : १८:२६ बजे


















