गृहपृष्ठ आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (३५० रूपैयाँसम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ । यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

नेपाललगायत चार विभिन्न दक्षिण एशियाली मुलुकमा दराज एक लोकप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम शपिङ अनुभव प्रदान गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु