global ime bank Long Banner Ad

गृहपृष्ठ प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति भण्डारी

प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति भण्डारी

प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।

राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताइन् । छ दशकअघि ४० शैयाबाट सुरुवात भएको यस अस्पतालले हाल चार सय ७९ शैयाबाट सेवा दिइरहेकोमा उनले खुसी व्यक्त गरिन् ।

उनले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताइन् । ‘दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ’, उनले भनिन्, ‘अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको संकलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।’

अमृत कोषको स्थापनाबाट नेपालका मातृ तथा शिशुमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याउनुका साथै स्तनपान महत्वबारे जनचेतना जगाउने विश्वास व्यक्त गरिन् । यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा विशेष गरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाउँमा पुर्याउन पहल गर्नु पनि प्रशंसनीय रहेको उनको भनाई रहेको छ । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उनले बताइन् ।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको उनको भनाई रहेको छ । ‘स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुनेछ’, उनले भनिन्, ‘नेपाल सरकारका सम्बन्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्यव गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले सातवटै प्रदेश र ७७ जिल्लामा प्रसूति सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले नेपालमा पनि निकट भविष्यमा स्वास्थ्यका अत्याधुनिक उपकरण ल्याएर उपचार गर्ने जानकारी दिए ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु