गृहपृष्ठ एनएमबि बैंकको ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सार्वजनिक
एनएमबि बैंकको ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सार्वजनिक

एनएमबि बैंकले ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सार्वजनिक गरेको छ । देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सार्वजनिक गरेको हो ।
महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५,००० सम्म क्यासब्याक पाउन सक्नेछन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याटलगायतका सुविधाको फाइदा लिन सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित समय : १७:२३ बजे