गृहपृष्ठ ब्राजिल र अर्जेन्टिना बिचको खेल पुन: नखेलाइने
ब्राजिल र अर्जेन्टिना बिचको खेल पुन: नखेलाइने
‘कतार विश्वकप २०२२’को दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा रोकिएको ब्राजिल र अर्जेन्टिना बिचको खेल पुन: नखेलाइने भएको छ ।
गत सेप्टेम्बरमा साओ पाउलोमा ब्राजिल र अर्जेन्टिना बिचको खेलको छैटौ मिनेट जारी रहँदा ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि खेल स्थगित भएकाे थियो । अर्जेन्टिनाका चार खेलाडीले कोभिड-१९ महामारीका लागि लागू गरिएको क्वारेन्टिनकाे नियम पालना नगरेको भन्दै उनीहरु मैदान प्रवेश गरेका थिए ।
फिफाले दुवै राष्ट्रमाथि जरिवाना भराउने र सो खेल पुन: खेल्नु पर्ने निर्णय गरेको थियो । फिफाले पुन: खेलाउने खेलको मिति तोकेको थिए तर सो खेल सेप्टेम्बरमा हुने सम्भावना रहेको थियो । ब्राजिल र अर्जेन्टिना भने खेलाडीको चोटको डरका कारण सो खेल फेरि खेल्न चाहँदैन थिए ।
राेकिएकाे खेल पुन: खेलाउने फिफाकाे निर्णयविरुद्ध ब्राजिल र अर्जेन्टिना कोर्ट फर अब्रिट्रियसन अफ स्पोटर्स (सीएएस) मा पुगेका थिए । तर सीएएसले अन्तिम निर्णय दिनुअघि नै अदालतमा उपस्थित हुँदै फिफा, ब्राजिल र अर्जेन्टिनाबीच सो खेल पुन: नखेलाउने सहमति जुटेको हो ।
कतार विश्वकप आगामी नोेभेम्बरबाट सुरु हुँदैछ । ब्राजिल शीर्ष स्थानमा र अर्जेन्टिना दोस्रो स्थानमा बस्दै कतार विश्वकपका लागि छनोट भइसकेका छन् । ब्राजिल कतार विश्वकप २०२२ को समूह ‘जी’मा सर्बिया, क्यामरुन स्विट्जरल्यान्डसँग परेको छ भने अर्जेन्टिनाले समूह ‘सी’मा मेक्सिको, पोल्यान्ड र साउदी अरेबियासँग लिग चरण खेल्नेछ ।
प्रकाशित समय : १६:१० बजे



















