गृहपृष्ठ ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा
ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियानअन्तर्गत आज ५१ जना चालक कारबाहीमा परेका छन् ।
कलेजका विद्यार्थीहरूकाे सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालक कारबाहीमा परेका छन् ।
यस्तै आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लंघन गर्ने पानी ट्यांकरका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रकाशित समय : १६:१६ बजे



















