global ime bank Long Banner Ad

गृहपृष्ठ ईयूले हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हटाउने पर्यटनमन्त्रीको विश्वास

ईयूले हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हटाउने पर्यटनमन्त्रीको विश्वास

ईयूले हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हटाउने पर्यटनमन्त्रीको विश्वास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् ।

नेपाल हवाई यातायात नियन्त्रण संघले बुधबार आयोजना गरेको २१औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू)को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हटाउने विश्वास व्यक्त गरे ।

नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्दै उनले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए ।

उनले भने, ‘अन्त नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्ने छ ।’

ईयूको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताए ।

सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ ।

मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित समय : १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु